लकडाउनमा जब*र्जस्ती करणीका सात घटना

राष्ट्रिय समाचार समिति

कपिलवस्तु, १७ वैशाख : एक महिनामा यहाँ जब*र्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस(कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जब*र्जस्ती करणीका घटना भएको कपिलवस्तु प्र*हरीले जनाएको छ ।

घटनाका पीडितमा १० किशोरी र एक महिला छन् । किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका छन् । घटना आफन्त र छरछिमेकबाट भएको जिल्ला प्र*हरी कार्यालयका प्रवक्ता प्र*हरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनु भयो ।

जब*र्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जब*र्जस्ती करणीका २६ मु*द्दा दर्ता भएको छ ।

प्रतिक्रिया