पूर्व प्रहरी महानिरीक्षक खनाल र सांसद बस्नेत’वि’रुद्ध अ’पहरण उ’जुरी दर्ता

admin

काठमाडौं, १८ बैशाख : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल’वि’रुद्ध उ’जुरी दर्ता भएको छ ।

सांसदद्वय बस्नेत तथा श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्ष खनाल’वि’रुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा बिहीबार अ’पहरण सम्बन्धी उ’जुरी परेको हो । उनीहरु’वि’रुद्ध जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले अ’पहरण गरेको भन्दै उजुरी दिएका हुन् ।

उ’जुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्य भए, नभएको विषयमा अनुसन्धान गरिने बताए । अ’पराध भए, नभएको, अ’पहरण भए, नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उ’जुरी कर्ताको मानवअधिकार भएको छ की छैन ? भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताए ।

‘उ’जुरीमा उल्लेख भएअनुसार मानवअधिकार उलंघन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ ?’ उनले भने, ‘ अ’पराध भयो, भएन्, अ’पहरण हो, होइन त्यो हेर्ने काम हाम्रो होइन् । त्यो प्रहरी र अदालतको काम हो । तर उ’जुरीमा लेखिए बमोजिमको कार्यर भए कि, भएनन् ।’

‘ती कार्य भएको भए उ’जुरीकर्ताले भने जस्तै मानव अधिकार उल्लंघन भयो कि भएन् ? उल्लंघन भएको रहेछ भने त्यसलाई पुर्नस्थापना गर्न के गर्नुपर्छ, राज्यले के गर्नुपर्छ ? सरकारले के गर्नुपर्छ ? भन्ने कुरा हामी बोल्नुपर्छ । त्यो बोल्ने हाम्रो कर्तव्य हो । हामी आफ्नो कर्तव्यप्रति सजग छौँ ।’

डा. यादवले सदस्य वस्ती र माहना अन्सारीलाई भेटेर उ’जुरी दिएका हुन् । ‘शक्तिको आ’डमा आफ्नो ज्यान नै लिन सक्ने जोखिम रहेकोले सांसदद्वय र पूर्व आइजीपीलाई पक्राउ गरी आवश्यक छानविन र का’रबाही गर्नुपर्ने’ उ’जुरीमा उल्लेख छ ।

प्रतिक्रिया