घरायसी झ*गडा मिलाइदिने भन्दै घु*स लिने अध्यक्ष प*क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १९ वैशाख: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झ*गडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घु*स लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई प*क्राउ गरेको छ ।

आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्र*हरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दा मिलाइदिने भनी एक सेवाग्राहीसँग रु ५० हजार घु*स लिएको पाइएको छ ।

आयोगले आरोपी धामीलाई बिहिबार प*क्राउ गरेको भए पनि छानबिन जारी रहेकाले आज सार्वजनिक गरिएको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी धामीमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया