हुण्डी कारोवारी दुई जना प*क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० वैशाख :काठमाडौँ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्र*हरीले प*क्राउ गरेको छ ।

उनीहरुका साथबाट प्र*हरीले नगद रु २४ लाख २१ हजारसमेत बरामद गरेको प्र*हरी प्रधान कार्यालयले जनाएको छ । प*क्राउपर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौँ नयाँ बानेश्वर बस्ने बाग्लुङका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

उक्त रकममध्ये गुप्ताको साथबाट रु छ लाख २१ हजार र श्रेष्ठको साथबाट रु १८ लाख बरामद भएको हो । उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्न सूचना प्राप्त हुनासाथ महानगरीय प्र*हरीवृत्त कालिमाटीबाट खटिएको प्र*हरीले उनीहरुलाई प*क्राउ गरेको हो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।

प्रतिक्रिया