ज*बर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु प*क्राउ

राष्ट्रिय समाचार समिति

कैलाली, २० वैशाख :गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीय युवतीमाथि ज*बर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीया जेठाजुलाई प्र*हरीले प*क्राउ गरेको छ ।

पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट ज*बर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई प*क्राउ गरिएको जिल्ला प्र*हरी कार्यालयका प्र*हरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

त्यस्तै सोही घटनामा प्र*हरीसँग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुससहित वडा नं ११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले प*क्राउ गरेको प्र*हरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया