च्याउ खाँदा पाँच बिरामी

राष्ट्रिय समाचार समिति

तनहुँ,२२वैशाख: घर नजीकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा  एकै परिवारका पाँच जना बिरामी परेका छन् ।  देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो ।  

तिनमध्ये बुबा कृष्ण  र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको र दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्र*हरीले जनाएको छ । 

त्यसैगरी ४० वर्षीया श्रीमती गौरी तथा छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्र*हरी कार्यालय देवघाटका प्र*हरी नायब निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया