रहेनन् हर्रेबर्रे काण्डका अगुवा रायमाझी

राष्ट्रिय समाचार समिति

अर्घाखाँची, २२ वैशाख :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको फोक्सोको अर्बुदरोगका कारण नि*धन भएको छ । आज दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा उहाँको नि*धन भएको हो ।

नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताउनुभएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशा गर्नुभएको थियो ।

चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा(एमाले) केन्द्रीय स्कूल विभाग सदस्य हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षलगायत धेरै संघसंस्थामा आबद्ध रहनुभएको थियो । रायमाझीका श्रीमती र दुई छोराछोरी हुनुहुन्छ ।

प्रतिक्रिया