काभ्रेमा कोरोना विरुद्ध प्रदर्शनी

admin

काभ्रे: काभ्रेको धलिखेलमा कोभिड १९ कोरोना प्रतिकार्य विरुद्ध प्रदर्शनी गरिएको छ । कोरोना संक्रमितको बिरामी भएदेखि मृत्यु भएपछि गर्ने कार्य प्रदर्शनी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले बताउनु भयो ।

धुलिखेलको संजिवनी माध्यमिक विद्यालयमा आज गरिएको प्रदर्शनीमा पीपीई, एन ९५ मास्क र ग्लोप्ब्स् लगाउने तरिकादेखि बिरामी भएको थाहा पाएपछिका गर्ने कार्यबारे प्रदर्शनी गरिएको धुलिखेल अस्पतलका डाक्टर सानु श्रेष्ठले बताउनु भयो ।

कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले घरसम्म लिन जाने, अस्पतालमा बिरामी आउँदा र आइसोलेसनमा राखेर उपचार गर्दा डाक्टरहरुले अपनाउने विधिबारे प्रर्दशनी गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

त्यस्तै नेपाली सेनाका धुलिखेल स्थित विष्णुदल गणले कोरोना भाइरसका कारण उपचारको क्रममा बिरामीको मृ*त्यु भएमा शव बोक्ने देखि दा*हसंस्कारका बेला अपनाइने विधि प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया