काभ्रेको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप

admin

काभ्रे: काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झ’डप भएको हो ।

भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले झ’डपबाट दुबै पक्षका केही युवा घा’इते भएको जानकारी दिए । ‘टिपर चलाउन नदिने भन्ने विषयमा विवाद हुँदा झ’डप भएको हो, मैले ३ जना घा’इते भएको देखेको छु, अरु पनि हुनसक्छन्’ वडाध्यक्ष तामाङले भने ।


१ जेठदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

क्रसर व्यवसायीहरुले साँझको समयमा भए पनि आफ्नो काम नियमित गर्ने भएपछि त्यहाँ झ’डप भएको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ ।झ’डप भएको स्थानमा अहिले दोलालघाटबाट प्र’हरीको टोली पुगेको र मिलाउने प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया