लकडाउनमा महिला यौ’न हिं’साका घटनामा वृद्धि

राष्ट्रिय समाचार समिति

रोल्पा, २ जेठ: लकडाउनयता जिल्लामा दुई ज’बर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई ज’बर्जस्ती करणी गरेका थिए । अभियुक्त घर्तीलाई प्र’हरीले प’क्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्र’हरी कार्यालय का प्र’हरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

गत वैशाख ९ गते रुन्टीगढी गाउपालिकामा १६ वर्षीय युवकले बालिकालाई ज’वर्जस्ती करणी गरे । पीडक अहिले फरार छन् । बालिका भने परिवासँंगै छिन् । पीडित बालिकाको अवस्था अहिले सामान्य रहेको प्रनाउ गुरुङले जानकारी दिनुभयो । फरार अभियुक्तको खोजी भइरहेको प्र’हरीले जनाएको छ । कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय थपिँदै जाँदा महिला हिं’साका घटना समेत बढिरहेका छन् ।

यसबीचमा महिला घरेलुका साथै यौ’न हिं’साको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिं’सा सहेर बसेको सरोकार पक्षको भनाइ छ । घटना प्रशस्त भए पनि जिल्ला प्र’हरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने चार मात्रै उजुरी परेका छन् । उजुरी दिएकामध्ये तीन जनालाई मिलापत्र गरेर पठाइएको र एक जनाको छलफल हुन बाँकी नै रहेको जिल्ला प्र’हरी कार्यालय महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले बताउनुभयो ।

उजुरी गर्नेहरु पनि सदरमुकाम आसपासका पीडित रहेको इञ्चार्ज विकले बताउनुभयो । हिं’सा पीडितले महिला तथा बालबालिका सेलमा फोन गरेर आफ्ना समस्या उजुरी गरेकै आधारमा पनि आफूहरुले समस्या सम्बोधन गर्ने गरेको उहाँले बताउनुभयो । “यस अवधिमा पतिबाट कुटपिटमा परेर हिंसा भोगिरहेका महिलाहरुको संख्या धेरै देखिएको छ”, विकले भन्नुभयो ।

लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिं’सा लुकाउन बाध्य भएको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउनुहुन्छ । भौगोलिक विकटताले बालबालिकालाई लिएर सदरमुकाम आउन नसकेकै कारण महिला हिं’सा सहेर बस्न बाध्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।

“स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रशासन र अदालतमा गएर उजुरी गर्ने वातावरण नहँुदा महिलाहरु हिंसा सहन बाध्य छन्”, आचार्यले भन्नुभयो, “नजिकको प्रहरी युनिटमा समेत उजुरीपश्चात् छलफल गर्ने वातावरण छैन ।”

घरेलु हिं’सा भोगिरहेका करीब १२ महिलाले मोबाइलबाट कुराकानी गरेको आचार्यको भनाइ छ । यस अवधिमा मा’दक पदार्थ सेवन गरेर श्रीमतीमाथि कु’टपिट गर्ने खालको घरेलु हिं’साका घटना बढी देखिएको आचार्यले बताउनुभयो । सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिं’साका घटना गराउने गरेको प्रनाउ गुरुङ बताउनुहुन्छ ।

उहाँका अनुसार जस्तोसुकै अवस्थामा पनि प्र’हरी यस्ता घटना नियन्त्रणका लागि सजग छ ।जिल्ला प्र’हरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा करणीका १३ उजूरी परेका छन् । त्यसरी प्राप्त उजुरीमध्ये १२ ज’बर्जस्ती करणी र एउटा ज’बर्जस्ती करणी उद्योगका रुपमा घटना दर्ता भएका छन । यो संख्या अघिल्ला वर्षमा हुने करणीका घटनाको तुलनामा धेरै हो ।

प्रतिक्रिया