थप दुई जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १६० पुग्यो

admin

काठमाडौँ, २ जेठ :दाङका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गढवा गाउँपालिकाका निवासी २३ बर्षीय र ३६ बर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन ।



उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन्। उनीहरु केही दिन पहिले भारतबाट आएका हुन्। दाङमा यो नै पहिलो पटक कोरोना पुष्टि भएको हो।

गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले पनि दुई जनामा कोरोना पुष्टि भएको खवर प्राप्त भएको जानकारी दिइन्। यो सहित मुलुकभर कोरोना संक्रमितको संख्या १६० पुगेकाे छ। जसमा ३६ जना निको भएका छन्।

प्रतिक्रिया