ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृ’त्यु

admin

काठमाडौं: भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दु’र्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृ’त्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दु’र्घटनामा ३८ जना घा’इते छन् ।

लखनउबाट दुई सय किलोमिटर टाढा यो दु’र्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको ट्रकले दिल्लीबाट आएको एक मिनिट्रकलाई ठक्कर दिँदा यो दु’र्घटना भएको हो ।

समाचारमा बताइएअनुसार, उक्त मिनिट्रक रोकेर राखिएको अवस्थामा ट्रकले ठक्कर दिएको थियो । यो दु’र्घटनामा घा’इते भएका १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुवै ट्रकमा लकडाउनपछि फसेका मजदुर सवार थिए ।

उनीहरू भारतका विभिन्न राज्यका हुन् । यसअघि भारतमै रेलले किचेर १६ मजदुरको मृ’त्यु भएको थियो । रेल नआउने ठानेर रेलको लिगमा सुतेका उनीहरूमाथि रेल गुड्दा अप्रिय घटना भएको थियो ।
स्रोत : बीबीसी

प्रतिक्रिया