चोरीमा संलग्न छ प’क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३ जेठ: नेपाल प्र’हरीले चोरी कार्यमा संलग्न छ जनालाई प’क्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गर्ने छ जनालाई प’क्राउ गरी आज सार्वजनिक गरेको हो ।

प’क्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् ।

प’क्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कविता मगरलाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट, विमला तामाङलाई इलाका प्र’हरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका–३ चिहानघाटबाट पक्राउ गरिएको प्र’हरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया