धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलाको दाहसंस्कार गर्न शव पशुपतिमा

admin

धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ। मृ’तकको श’व नेपाल प्र’हरी र सेनाको टोलीले ल्याएको जिल्ला ‘प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए।

‘आधा घण्टा भयो यहाँबाट शव दाहसंस्कारका लागि लगिएको,’ उनले भने, ‘मृ’तकलाई श’वबहानमा राखेर र अगाडिपछाडि सेना र प्र’हरीले स्कर्टिङ गरेर पठाएका हौं।’

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय ती महिलामा कोरोनाको आशंका गरिएको छ। उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्तपाल ल्याइएको थियो। तर अस्पताल ल्याउने क्रममा उनको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा जनाएको छ। मन्त्रालयले थप रिपोर्ट आएपछि मृतकमा कोरोना भए/नभएको यकिन हुने बताएको छ।

प्रतिक्रिया