निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

राष्ट्रिय समाचार समिति

सुरुङ्गा, ४ जेठ :दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् ।

जिल्ला प्र’हरी कार्यालय झापाका प्र’हरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया