काभ्रे, ५ जेठ : धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को कारण पहिलोपटक नेपालमा ज्यान गुमाएकी सुत्केरी महिलाको परिवारको परिक्षण रिपोर्ट आएको छ ।
कोरोना संक्रमणबाट निधन भएकी महिलाको शिशु र श्रीमानसहित परिवारको रिपार्ट आएको हो । प्राप्त जानकारी अनुसार ती महिलाका परिवारका कुनै पनि सदस्यलाई कोरोना संक्रमण पुष्टि भएन ।
अर्थात् कोरोना संक्रमण नेगेटिभ देखिएको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको बिहीबार निधन भएको थियो । महिलाको शिशु, श्रीमान लगाएत परिवारका सबै सदस्यको पिसिर परिक्षण नेगेटिभ आएको धुलिखेल अस्पतालका एकजना डाक्टरले उज्यालो नेटवकलाई जानकारी दिए । परिवारका सबै सदस्यहरु हालसम्म धुलिखेल अस्पतालको आइसोलेसनमा छन् ।