सर्पले डसेर एक युवकको मृ’त्यु

राष्ट्रिय समाचार समिति

चन्द्रौटा, ७ जेठ : कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्या’न गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताउनुभयो ।

उहाँका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृ’त्यु भएको हो ।

राति करीब १२ बजे सर्पदंश भए पनि बिहान मात्र उपचारका लागि गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पु¥याउँदा बाटामै मृ’त्यु भएको थियो ।

प्रतिक्रिया