भारतबाट नेपाल आउँदै गर्दा एक नेपालीको बाटामा नै ज्यान गयो

राष्ट्रिय समाचार समिति

चन्द्रौटा,११ जेठ : भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्या’न गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा नि’धन भएको हो ।

फाइल फोटो

अत्यधिक बान्ता गरेका कारण उनको मृ’त्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । मृ’तकसँगै बसेकाका अनुसार उनले अत्याधक म’दिरा सेवन गरेका थिए ।

भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् । उनको मृ’त्युको सबै कारण खुल्न सकेको छैन । गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको उहाँले बताउनुभयो । उनको शव परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया