नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ६ पुग्यो

admin

काठमाडौं, १५ जेठ: नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृ’त्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृ’त्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको बाटोमै मृ’त्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृ’त्यु भएको घोषणा गरेको छ ।
घर फर्किने क्रममा मृ’त्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

प्रतिक्रिया