जाजरकोट, २३ जेठ : गत जेठ १० गते भएको सोती घटनामा संलग्न आरोपमा बिहीबार थप सात पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको हो । यसअघि वडा नम्बर-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।
पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा १८ जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने दुई जना अझै फरार छन् । प्रहरी स्रोतका अनुसार बिहीबार अनुसन्धानको क्रममा थप सात जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुको नाम, ठेगाना खुलाइएको छैन ।