दाङमा कोरोना निको भइ १० जना फर्किए

admin

तुलसीपुर, २५ जेठ : दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित आइतबार कोरोना जितेर घर फर्किएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईदुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् । तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ । उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया