जनता समाजवादी पार्टी दल दर्ताका लागि कागजात बुझायो

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २५ जेठ: समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आज आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो ।

जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता केशव झाले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । डा बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेताका रुपमा हुनुहुन्छ ।

दल दर्ताका लागि जनता समाजवादीका नेताहरु ठाकुर, यादव, डा भट्टराई, महतोलगायत शीर्षस्थ नेताहरु आज साँझ निर्वाचन आयोग पुग्नुभएको थियो । पार्टीका अन्य पदाधिकारी र सदस्यको थप छलफल गरी टुङ्गो लगाइने राजपाका नेता राजेन्द्रप्रसाद श्रष्ठले बताउनुभयो ।

प्रतिक्रिया