जसपामा महन्थ र बाबुराम बलियो !

admin

काठमाडौं, २७ जेठ : विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुमा सबैभन्दा बलियो महन्थ ठाकुर र डा. बाबुराम भट्टराई देखिएका छन् ।

पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । यसमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा. भट्टराई निकट आठ–आठ जना नेताहरु केन्द्रीय समितिमा पर्न सफल भएका छन् । वरिष्ठ नेता राजेन्द्र महतो निकटका ७ र अर्का अध्यक्ष उपेन्द्र यादव निकटका ५ जना नेता मात्र केन्द्रीय समितिमा परेका छन् ।

वरिष्ठ नेता अशोक राई निकटका ६, महेन्द्रराय यादव निकटका ३, शरतसिहं भण्डारी निकटका २, युवराज कार्की निकटका १ जना नेता मात्रै केन्द्रीय किमिटीका परेका छन् । राजकिशोर यादव, अनिल झा निकटका नेता कोही पनि केन्द्रीय कमिटीमा परेका छैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया