एमसीसी बारे किन मौन छन्, घिसिङ ?

admin

काठमाडौं, २७ जेठ : देशमा एमसीसी बारे बहस चल्दै गर्दा सत्तारुढ नेकपा भित्र पनि एमसीसीको विवाद चर्किएको छ ।

एमसीसी अमेरीकी सुरक्षा रणनिति आइपीएसको अंग भएको र यस भित्र गम्भिर राष्ट्रघात रहेको भन्दै नेकपामा झलनाथ खनाल, भिम रावल लगायतका नेताले दवाव बढाउँदै लगेका छन् ।

नेपाली कांग्रेस भने करिब एकमतलेनै एमसीसी पास गराउँनु पर्छ भन्ने पक्षमा देखिन्छ । अन्य साना दल देखि सामाजिक अभियान्ता समेत चर्को विरोध गर्दै सामाजक संजाल देखी माइतीघर तताइरहेका छन् ।

एमसीसी अन्तर्गतको अनुदानको मुख्य रकम ट्रास्मिसन लाईन निर्माणमा खर्च हुने छ, विधुत उत्पादनमा मुख्य बजेट रहेकाले यसका विषयमा सबैभन्दा जानकार र सरोकार राख्ने नेपाल विधुत प्राधिरण र त्यसका प्रमुख कुलमान घिसिङ हुन् । तर अहिले सम्म कुलमान यस विषयमा मौन छन् ।

नेपाल विधुत प्राधिरणले माग गरे र तयार पारेको रिपोर्ट अनुसार एमसीसीको रकम आउँने हो । सम्झौता मा भनिए अनुसार एमसीसीलाई चित्त बुझ्दो योजना बनाएर नेपाल सरकारले बुझाउँनु पर्ने छ त्यसो हुँदा कुलमानकै नेतृत्वमा एमसीसीलाई चित्त बुझ्दो योजना बनाएर पठाइएको छ ।

विरोध र समर्थनको ग्राफ यति धेरै छकि यसको बास्तविकता के हो भनेर आम जनतामा ठूलो अन्यौल छाएको छ । नेपाल विधुत प्राधिररणको कार्यकारी निर्देशक पनि एमसीसी नेपालका वोर्ड सदस्य हुन्छन् त्यसो हुँदा एमसीसीको बोर्डमा अहिले कुलमान पनि छन् ।

एमसीसीका बिषयमा हुने बैठकहरुमा कुलमान सहभागी छन् । नेताहरुलाई उनले ब्रिफिङ गरिरहेका छन् तर जनता माझ चुइक्क बोलेका छैनन् । एमसीसी के हो भनेर कुलमान बोल्नुपर्छ भन्ने आवज बलियो भन्दै गएको छ । अर्थविद स्वर्णिम वाग्लेले यो बिषय धेरै गिजोलिएका कारण एक पटक कुलमान बोल्नुपर्छ भन्छन् ।

यता राजनितिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि एमसीसीका बिषयमा एकपटक कुलमानले बोल्नुपर्ने धारणा राखेको छन् । डा. केसीले आफु जनताले चाहिँदैन भन्छन् भने एमसीसी खारेज हुनुपर्छ भन्ने पक्षमा रहेको तर यस भित्रको अन्तवस्तु सम्बन्धीत सरोकार राख्ने पक्षले जनतामा स्पष्ट पार्नु पर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

कुलमानको मौनतालाई कतिपयले भने स्वभाविक भनेका छन् । यसमा कुलमानको व्यक्तिगत धारणा गौण हुने उनिहरुले बुझाई छ । नेपाल सरकारले गरेका निर्णय कार्यान्व्यन गर्ने निकायको मात्रै नेतृत्व कुलमानले गरेकाले एमसीसी पास या फेल गराउँन उनको कुनै हात नहरेको हुँदा उनि मौन बस्नु नै उचित हुने उनिहरुको मत छ । – ओटीभी नेपाल

प्रतिक्रिया