तिलोत्तमा ह’त्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको आरोपीको बयान

राष्ट्रिय समाचार समिति

रुपन्देही, २८ जेठ : रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक ह’त्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएका छन् ।

ह’त्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्र’हरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र ह’त्याकै कारण आवेशमा आएर ह’त्या गरेको बयान दिएको जानकारी गराएको छ ।

ह’त्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र प’क्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्र’हरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर ह’त्या गरेको बताएका थिए । प्र’हरीले घ’टनास्थलबाट कोदालो र लठ्ठी बरामद भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश प्र’हरी कार्यालयका प्रवक्ता वरिष्ठ प्र’हरी उपरीक्षक राजकुमार बैदवारले मृ’तकले व्यक्तिगत चरित्रमा आँच आउने किसिमले चर्चा गरेकाले मानसिकरुपमा चो’ट पुग्न गई आवेशमा आएर हत्या भएको देखिएको बताउनुभयो । “झसेन्द्रको चरित्रमाथी बारम्बार प्रश्न उठाएपछि उनीहरुलाई तह लगाउने नाममा ह’त्या भएको पाइयो । अहिलेसम्म अनुसन्धानका क्रममा अरु कारण फेला परेन”, उहाँले भन्नुभयो ।

अनुसन्धान समितिका सदस्य तथा जिल्ला प्र’हरी कार्यालय रुपन्देहीका प्रमुख प्र’हरी उपरीक्षक हेमकुमार थापाले सामान्य रिसिइबीका कारण नै घ’टना भएको देखिएपनि थप अनुसन्धान गरिने बताउनुभयो । तिलोत्तमा–१० मैनहवास्थित गङ्गादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक ह’त्या भएको थियो ।

फार्ममा सैनामैना मुर्गियाका ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षीय आशिष चौधरीको सामूहिक ह’त्या भएको थियो । मुसहर तीनैजना फार्मका कामदार भएपनि करण र आशिष भने कामदार होइनन् । प्र’हरीकाअनुसार ह’त्या गरिएका पाँचै जनाको श’व परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

सामूहिक ह’त्याकाण्डपछि अनुसन्धान गर्न प्रदेश प्र’हरी कार्यालयका वरिष्ठ प्र’हरी उपरीक्षक बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । जिल्ला अदालत भैरहवाले सिञ्जालीलाई कर्तव्य ज्या’न कसुरमा थप अनुसन्धान गर्नको लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया