करेन्ट लागेर बालिकाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

सर्लाही, २९ जेठ : करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृ’त्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृ’त्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घा’इते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँदै गर्दा राति नै ज्यान गएको जिल्ला प्र’हरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया