ज्वाइँले गरे सासूको ह’त्या

admin

हेटौंडा, जेठ २९ :मकवानपुरमा ज्वाइँले सासूको ह’त्या गरेका छन्। मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले ह’त्या गरेको प्र’हरीले जनाएको छ।

अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्र’हरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए।

उनै नेपालीले धा’रिलो ह’तियार प्रहार गरेर सासूको ह’त्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्र’हरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिइन्।

बिहान ४ बजे धा’रिलो हतियारले आक्रमण गरी ह’त्या गरेको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाई अभियुक्तलाई नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले बताए।

हाल घ’टनास्थलमा जिल्ला प्रह’री कार्यालय मकवानपुरका प्र’हरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्र’हरी टोली पुगेको छ। प्र’हरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिए। रानाका अनुसार प’क्राउ परेका नेपालीले आफूले सासूको ह’त्या गरेको स्वीकार गरेका छन्।

प्रतिक्रिया