नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्नु घामलाई हत्केलाले छेकेर अन्धकार छ भन्नुजस्तै हो : प्रधानमन्त्री

admin

काठमाडौं, २९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नेपालीहरूको रोग प्रतिरोधी क्षमता अद्भुत छ’ भन्ने अभिव्यक्ति बुधबारको संसद्मा सबैभन्दा रमाइलो ठट्यौली बन्यो ।

त्यतिमा मात्रै उनी रोकिएनन् ? यो तर्कको आधार के हो भनी सांसद गगन थापाले सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘प्रतिरोधी क्षमता राम्रो छ भनेर ? कसले भनेको (रे) ? मैले भनेको हो ।’

उनले कुनै डाक्टर वा वैज्ञानिकबाट चुनौती आएमा आफूले स्विकार्ने पनि बताए । तर, एक सरकारी अस्पतालका चिकित्सकले नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता अन्य मुलुकको तुलनामा राम्रो छ भन्नु पनि आधारहीन तर्क भएको बताएका छन् ।

‘प्रधानमन्त्रीजस्तो व्यक्तिले दालभात, तरकारी, अचार र ढिँडो खाने गरेकाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्नु घामलाई हत्केलाले छेकेर अन्धकार छ भन्नुजस्तै हो । खै हामीले चिकित्सा विज्ञानमा त त्यस्तो केही कुरा सुनेकै छैनौं,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘त्यस्तै हो भने प्रधानमन्त्रीलाई जाजरकोटमा हरेक वर्ष झाडापखालाले किन मान्छे मर्छन् ? नेपालीलाई किन औलो, डेंगु र क्षयरोग बढी देखिन्छ भनेर पनि सोध्नुपर्ने भयो ।’

रोचक त के छ भने, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म नेपालीहरूको प्रतिरोधात्मक क्षमताबारे अहिलेसम्म अनुसन्धान गरेको छैन । अरू चिकित्सकहरूलाई पनि त्यसखालको अनुसन्धानको अनुमति दिएको छैन । कान्तिपुर दैनिक

प्रतिक्रिया