बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

admin

काठमाडौं, २९ जेठ : प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले पानीको फोहोरा तथा अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई हटाएको छ । सरकारले कोरोनाको महामारीको विषम परिस्थितिमा पनि पारदर्शी काम नगरेको, कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् । देश अहिले कोरोना भाइरस स‌ंक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा छ ।

चैत ११ देखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि बिहीबार झन धेरैको संख्यामा उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिएको छ ।

प्रतिक्रिया