नेपालमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६५१ पुग्यो

admin

काठमाडौं, ३० जेठ : नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका चार जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबै पुरुष रहेको सूचनामा उल्लेख छ। योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।

प्रतिक्रिया