बधशाला जस्ता क्वारेन्टाइन र आरडिटि परिक्षण यो सत्ताको मृत्यु पा’सो : नेता रायामाझी

शेखर जंग रायमाझी

काठमाडौं, आज ठुला राष्ट्रिय अखबारमा चीनतर्फ पनि सात जिल्लामा सीमा अ’तिक्रमण भएको समाचार पढियो । पुर्व, दक्षिण र पश्चिममा ७१ ठाउँमा सीमा अ’तिक्रमण भएको जानकारी प्राय सबैमा जानकारी छ । कथित लोकतान्त्रिक गणतन्त्रको शासनआएको पनि धेरै बर्ष भयो । तर अतिक्रमित समस्या सुल्झाउने भन्दा बल्झाउने मात्र होइन झन् स्थिति भयावहः बनाउने कार्य भैरहेको देखिदै छ ।

उत्तर होस् वा दक्षिण, पुर्व होस् या पश्चिम जतातिरको भुगोल मिचिए पनि नेपालको भुगोल मिचिएको हो र प्रत्येक नेपालीको मन मुटु दुखेको छ । तर सत्तामा बस्नेहरु दक्षिण तर्फ वार्ता गर्न सकिरहेका छैनन् भने उत्तरमा त केहि भएको नै छैन जस्तो चु-सम्म गर्न सकेका छैनन् ।

विश्वव्यापी महासंक्रमण फैलिएको कोरोना, हाम्रो मुलुकलाई पनि झनझन गाज्दै लगिरहेको छ, दिनप्रतिदिन संक्रमितको संख्या अचाक्लि बढिरहेको छ । सरकार र प्रतिपक्ष दुबै यो महारोग नियन्त्रण र समाधान भन्दा सत्ता स्वार्थमा अलमलिरहेका छन् ।

भ्रष्टाचार, अनियमितता र कुशासनले देश थिलोथिलो भएको छ । कुनैपनि आयोजना न समयमा सम्पन्न हुन्छ, न निश्चित लागतमा निर्माण हुन्छन् । समय र लागत आवश्यकता भन्दा दोब्बर, तेब्बर मात्र होइन दसौं गुणा बढी पनि गरेका छन् ।

एमसिसि नामको अमेरिकन आयोजना संसदबाट लागु गराउन कांग्रेसका शेरबहादुर, प्रधानमन्त्री ओली र राष्ट्रपति विध्यादेवी देखि राप्रपाका कमलथापा, लोहनी, पशुपति शमशेर र बाबुराम भट्टराई लगाएतले मरिहत्ते गरिरहेका छन् । जुन सम्झौताका प्रावधान देशहितमा छैन, राष्ट्रघाती छ भन्ने जन जनलाई अवगत भैसकेको छ ।

अर्थमन्त्री एकातिर राष्ट्रिय ढुकुटी रित्तिएको बताउँछन् भने अर्कोतिर सांसद, मन्त्री तथा उच्च पदस्थको सेवा सुबिधा वृद्धि गरेका छन् । जनताको जीवन रक्षाका लागि खर्च अभाव छ भन्दै सांसद विकास कोषमा अनावश्यक रकम छुट्याइएको छ ।

प्रधानमन्त्री रोजगारी योजना विवादास्पद हुँदा हुँदै दोब्बर रकम बिनियोजन गरिएको छ । कोरोना, लकडाउन र न्यूनर्मल प्रकृयामा हास्यास्पद भनौँ कि दर्दनाक स्वरुपमा रुपान्तरण भएको छ । तिन महिना भयो अझै क्वारेन्टाइन बधशाला जस्ता छन् ।

आरडिटि परिक्षण संसारले नै रिजेक्ट गरिसक्यो तर यहाँ सुचारु छ । पिसिआर मात्र परिक्षण गर भन्दै ठुलो जनमानस सडकमा उत्रेपनि सरकारले चेतेको छैन । निमुखा, अशक्त, दैनिक ज्यालादारी श्रमजीवीको बेहाल थियो अझ मध्यमवर्ग पनि धरमराई सके । यो अवस्थामा पनि, कोरोना नियन्त्रणका साधन नक्कली भएको, औजार र औषधीमा अकल्पनीय मात्रामा भ्रष्टाचारका कर्तुत तथ्य, सत्य र प्रमाणित हुदै आएका छन् ।

भ्रष्टाचार, अनियमितता र कुशासनका साथै दुश्चरित्रका कारणले लोकतन्त्र फलाक्दैमा लोकतन्त्र नहुँदो रहेछ भन्ने यथार्थ नेपाली जनता र विश्वविरादरीले ठम्याइसकेकाले यो कथित लोकतान्त्रिक गणतन्त्र र यि कथित नेताका साख गुमेको छ र यिनका नेपाल भित्र र बाहिर कहीकतै प्रभावहीन भएकाले पतन अवश्यंभावी निश्चिन्त छ ।

नेपाली सर्वसाधारणको जिवन रक्षा र नेपाल राष्ट्रको उज्जल भविष्यको लागि राष्ट्रिय झण्डामा गोलवद्ध हुनु आजको अपरिहार्य आवश्यकता हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू