कपिलवस्तुमा चट्याङ लागेर एक जनाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

चन्द्रौटा,११ असार : कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका – ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृ’त्यु भएको छ ।

खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्र’हरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो

प्रतिक्रिया