होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

राष्ट्रिय समाचार समिति

झिमरुक,१३ असार : प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृ’त्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो ।

गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी गरिएको थियो ।

आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टिनमै बसेकी बालिकाको असार ६ गते मृ’त्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो । बालिका मिर्गाैला र रक्त अर्बुदरोगको बिरामी थिइन् ।

प्रतिक्रिया