भरुवा ब’न्दुकसहित एक जना प’क्राउ

राष्ट्रिय समाचार समिति

गलकोट, १३ असार : बागलुङमा भरुवा ब’न्दुकसहित प्रहरीले आज एकजनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढा रहेका छन् ।

इलाका प्र’हरी कार्यालय बुर्तिवाङका प्र’हरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमान्डमा खटिएको प्र’हरी टोलीले विशेष सुराकीका आधारमा भरुवा बन्दुकसहित बुढालाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय बागलुङका सूचना अधिकारी प्र’हरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

बुढाको साथबाट एक नाले भरुवा बन्दुक, अन्दाजी ४० ग्राम बारुद र गो’ली बनाउन प्रगोग हुने १२ थान सिसासमेत बरामद गरिएको उहाँले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि भरुवा बन्दुकसहित बुढालाई जिल्ला सदरमुकाम झिकाउने तयारी भइरहेको प्र’हरीको भनाइ छ ।

प्रतिक्रिया