नन्दु खनाल
सुर्खेत: कर्णाली प्रदेशको स्थानीय तह सुर्खेत जिल्लाको पश्चिममा पर्ने चौकुने गाउँपालिकाले एउटा एम्बुलेन्स खरिद गरेको छ । आ.व २०७४/०७५ मा चौकुने गाउँपालिका बाट रु १२ लाख बजेट बिनियोजित भई चौकुने गाउँपालिका वडा नं. २ मा रहेको बासपानी स्वास्थ्य चौकीमा रकम निकासा भएको थियो । एम्बुलेन्स भित्र अक्सिजन सिलिन्डर राख्न, एम्बुलेन्समा राजस्व छुट प्राप्त र एम्बुलेन्स सवारी दर्ता, विमा गर्ने समेत बाकी छ ।
गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले एम्बुलेन्स संचालन कार्य बिधि निर्माण गरि दिगो रूपमा आफ्नै आम्दानीले धान्न सक्ने गरि व्यवस्थित तरिकाले संचालन गर्ने बताउनु भयो । ग्रामीण क्षेत्रको कच्ची सडकमा सुरक्षित रूपमा एम्बुलेन्स चलाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले एम्बुलेन्सलाई एम्बुलेन्सकै रुपमा संचालन गराई आम नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच बढाउन सहयोग गर्ने बताउनु भयो । एम्बुलेन्स खरिद गर्न करिब दुई लागेको छ ।
एम्बुलेन्स खरिद प्रक्रियाका अभियान्ता एवं चौकुने गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लछिराम आलेले एम्बुलेन्स खरिद गर्नको लागि गाउँपालिकाले बजेट विनियोजित गरिसके पछि मैले टाटा स्वरुम संग सम्झौता गरि ५ जेठ २०७५ सालमा नै टोटल रकम पठाइसके थिए, पछि उक्त टाटा स्वरुमले एम्बुलेन्स खरिद प्रक्रिया ढिलाइ भएको भन्दै रकम बासपानी स्वास्थ्य चौकीको खातामा फिर्ता गर्यो ।
अध्यक्ष आले भन्नुहुन्छ पछि अर्को कम्पनी संग सम्झौता गर्ने पर्ने अवस्था आयो र मैले २०७६ साल माघ महिनामा अग्नि प्रा. लि. संग सम्झौता गरि प्रक्रिया पूरा गरेर एम्बुलेन्स ल्याएको दाबी गर्नु भयो । उहाँले अब सुर्खेत पश्चिमका जनताको सेवाको लागि एम्बुलेन्स २४सैं घण्टा तयार हुने बिश्वास दिलाए ।
अध्यक्ष आलेले एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनु भएको छ । यसै गरि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हित प्रसाद पौडेलले समग्र चौकुनेका नागरिकहरुलाई सेवा पुग्ने गरि एम्बुलेन्स खरिद गरेको जानकारी दिनु भयो ।