बाढी पिडितलाई सहयोग गर्न फिल्डमै उत्रिए मुकुन्दे

admin

काठमाडौँ, २६ असार : समसामयिक बिषयमा खरो र दह्रो टिप्पणी गर्दै आएका दार्शनिक स्वभावका मुकुन्द घिमिरे उर्फ मुकुन्देले समाजसेवामा समेत हात अघि बढाएका छन् । शुकबारमात्रै बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे पुगेर आफ्नो अगुवाइमा बाढी पिडितहरुलाई सहयोग गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम पठाएका र त्यो सहयोग हस्तान्तरणमा मुकुन्देले सहयोग गरेका छन् । हेम माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, इजराएलमा बस्दै आउनुभएका समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुयालले पठाएको ७५ हजार रुपैयाँ सहयोग गरिएको हो ।

पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले साामाजिक अभियान्ता मुकुन्देको संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्रबिसेको जम्बुमा आर्थिक रकम हस्तान्तरण गरिएको हो । उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए ।

बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।



बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् । उसो त मुकुन्दे बेलाबखत समाजसेवाका लागि विभिन्न स्थानमा पुग्दैँ आएका छन् । पछिल्लो समय बाह्रबिसे लगायत देशभर बाढी पहिरोेले वितण्डा मच्चाईरहेको छ ।

प्रतिक्रिया