चौतारा, २९ असार : सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् ।

खोला तर्ने क्रममा बगाएको उनको श’व करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।
उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्र’हरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।