काठमाडौं, ३० असार : सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का प्रदेश सभा सदस्य भीम आचार्य लगायतका विभिन्न नेताहरुले तराईका विभिन्न बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
नेता आर्चाय सहितका स्थानीय नेताहरुले बाढी तथा पहिरोले क्षति पुर्याएका क्षेत्रहरुमा अनुगमन गरेका हुन् । नेकपाका युवा नेता राम प्रसाद रिजाललका अनुसार अनुगमन टिममा संलग्न धरान-६ स्थित सेरा खोलाबाट भएको क्षति, सुन्दरबस्तीका बाढी पीडितहरुको घरमा पुगेका थिए ।
धरान-७ सिथत खहरेले पुर्याएको क्षतिसमेतको अनुगमन गरे । पानवारीबाट अनुगमन शुरु गरेका नेता आचार्यले धरान-१७ स्थित सर्दु खोलाले क्षति पुर्याएको बाढी पीडितहरुको घरमा पुगेका थिए । अनुगमनको क्रममा नेता आर्चाय सहितको टिमले सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाका बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्यो ।
बाढीले धरानको सुकुम्वासी बस्ती, सर्दु, सेउती र सेरा खोलाले क्षति पुर्याएको थियो । अनुगमनका क्रममा स्थानीयवासीहरुले सेउती सर्दु करिडर चाढो संचालन गरि धरानमा हुने बाढी पहिरोको स्थायी समाधान खोज्न माग गरेको नेता रिजालले पिएनपि खबरलाई जानकारी दिए ।
सो क्रममा सांसद भिम आर्चायले धरान क्षेत्रको खोलाको अनुगमनगर्दै क्षति न्युनिकरणका लागी तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएका थिए । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका आर्चाय सहित नेकपाका पदाधिकारी तथा वडाअध्यक्षहरूको टोलीले ति क्षेत्रमा अनुगमन गरी खोलाका कारण भएको क्षतिको अनुमानित विवरण समेत निकालेका छन् ।
धरानको सर्दु, सेउती, शेहरा तथा अँधेरी खोलाको अनुगमन गर्दै यि सबै क्षेत्रमा तत्काल क्षति न्युनिकरणका लागी करिब ५ सय तारजाली लगाई रोकथाम गर्ने आचार्यले प्रतिबद्धता जनाएका छन् । यस्तै, सरस्वती चोक ठकुरी खोलाको पक्की कल्भर्ट भत्काएकोमा त्यसको समेत अनुगमन गरिएको छ । दिर्घकालिन रूपमा यि क्षेत्रको सुरक्षाका लागी योजनाहरू ल्याउने नेता आचार्यले विश्वास दिलाए ।
साथै नेता रिजालले बाढी पिडीतलाई उचित क्षतिपूर्ति दिलाउन प्रदेश सरकार र संघीय सरकारलाई जोडदार माग गर्दै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । रिजालले देशभर नै बाढी पहिरोबाट जोखिम क्षेत्रहरुको पहिचान गरी समयमै दिर्घकालीन समाधान गर्न सरकारलाई जोड्दार माग गरे ।
अनुगमन टोलीमा नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य किरण राइ, नेकपाका प्रभावशाली युवा नेता राम प्रसाद रिजाल, प्रदेश सभा सदस्य उमिता बराइली, नेकपा प्रदेश कमिटी सदस्यहरु मुकेश, आइन्द्रविक्रम बेघा, जिल्ला कमिटी सचिव रमेश बस्नेत, सदस्यहरु प्रकाश राई, चोत्लुङ, पदम लिम्बु, नगर अध्यक्ष सुवेदी, सचिव सुदर्शन श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।