ओलीको रामजन्मभुमी कार्डले राष्ट्रको स्वाभिमानमा आँच आउने खतरा छ : नेता रायमाझी

अस्मिता बेल्बासे

काठमाडौं, ३० असार : पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति गैरजिम्मेवार, उटपट्याङ र नियोजित फट्टाई रहेको बताएका छन् ।

भारतको अयोध्या रामजन्मभुमी होइन बरु वीरगन्जबाट पश्चिम ठोरी हो भन्दै, नेता रायमाझीले सांस्कृतिक मिच्याई भयो भन्ने भनाई कुनै पनि संस्थागत प्रमाण नजुटाई बोलेकोमा आपत्ति जनाएका छन् ।

‘देशको प्रमुख कार्यकारीणी प्रधानमन्त्रीको ओहोदामा रहि त्यसप्रकारको प्रमाणित नभएको मन्तव्य कुनैपनि सरकार प्रमुखले बोल्न मिल्दैन । उनले पिएनपि खबरसँग भने, भारत जस्तो नजिकको छिमेकी राष्ट्रलाई चिड्याउने गरि आएको त्यो अभिव्यक्तिले नेपाललाई कुनै किसिमले पनि फाइदा गर्दैन बरु हामीले कस्तो मुल्य चुकाउनु पर्ने हो भन्ने प्रश्न खडा भएको छ । गणतन्त्रकालका कुनैपनि प्रधानमन्त्री, हाम्रो प्रधानमन्त्री भनेर गर्व गर्न लायक एकजना पनि देखिएनन् झन यि ओली त ज्यादै तल्लो स्तरका भुइफुट्टा भौंज्या हरकत गर्दैछन् ।’

नेता रायमाझीले २०६२ को दिल्लीको बार्हबुँदे सहमति जस्तो बिसंगतिले गर्दा नेपाल राष्ट्रको स्वार्थमा काम गर्न यि सबै गणतन्त्रवादी नेता असक्षम हुन पुगेको, अझ कुशासन र महाभ्रष्ट्र आचरणका कारणले यि नेता, नियत र यिनका निति पुरै औचित्यहीन साबित भइरहेको बताए ।

असंलग्न आन्दोलनको स्पिरिट भन्दा बाहिर गइ निजि हित र सत्ता स्वार्थको पराकाष्ठाले गर्दा चिनको सत्ता हस्तक्षेपलाई उचित र भारतको हस्तक्षेप अनुचित भन्दै फलाक्ने एकाथरी र भारतीय जासूसको साथलिई सत्ता बहिर्गमनका खेल खेल्ने अर्काथरीको कुकृत्यको परेड नेपाली जनमानसले प्रत्यक्ष झेल्नुपरिरहेको नेता रायमाझीले बताए ।

कोरोना महासंक्रमणको भयावह, बाढी पहिरोको आपत बिपद, सलहको प्रकोपले नागरिकको जनजीवन अस्तव्यस्त र आगामी दिनहरुमा बेरोजगारी , खाध्यान्न संकट र भोकमरीको चपेटामा पर्ने आँकलन हुँदा पनि जनताको उपेक्षा गर्दै जुन प्रकारको कुर्चीको लडाई गर्दै बेमौसमको बकबक गर्दैछन, यसले लोकतन्त्रको अपमान र राष्ट्रको स्वाभिमान गुम्ने खतरा हुन्छ, उनले भने ।

अब राष्ट्रप्रेमी र देशभक्त नेपालीहरुले विगतका अनुभव, सत्यतथ्यबाट नेपाल राष्ट्रको स्वार्थ र हामी नेपालीको हितमा, आफ्नो जन्मभूमिको माटोको टिका लगाई, आफ्नो मुलुकको मुल्यमान्यता, रीतिथिति, मौलिकता, संस्कृति जोगाउँदै आगामी भाग्य र भविष्यको लागि राष्ट्रिय झण्डामा गोलवद्ध भई यो बेथिति, विसंगति, विकृति ,अन्याय, अत्याचारको विरुद्ध ऐक्यवद्धता हुन नेता रायमाझीले आव्हान गरेका छन् ।

प्रतिक्रिया