प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० असार : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा प्रतिष्ठानले निर्माण गरी कार्यान्वयनमा ल्याइएको नेपाली बृहत् शब्दकोशको मोबाइल एप पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया