सुनचाँदीको मूल्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, २ साउन : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेपछि नेपालमा पनि केही सस्तो भएको हो ।

बिहीबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ घटेको छ । चाँदी शुक्रबार तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया