एक वर्षमा २६ गैंडा म’रे

राष्ट्रिय समाचार समिति

चितवन, २ साउन : चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा म’रेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा म’रेका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/ ०७६मा प्राकृतिक कारणले ४३ गैंडा म’रेका थिए । त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६-२६ गैंडा म’रेका थिए । गत आर्थिक वर्ष बुढो भएर छ, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसियुक्त खानाका कारण चार, बाघको आ’क्रमणका कारण एक गैंडा म’रेका छन् ।

त्यसै गरेर क’रेन्ट लागेर दुई, रुखले कि’चेर एउटा, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा म’रेका उप्रेतीले जानकारी दिनुभयो । म’रेकामध्ये १३ भाले, १० पोथि र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए । अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट म’रेका हुन ।

त्यस वर्ष नौ भाले, १४ पोथि र २० को कं’कालमात्र भेटिएको थियो । धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेती बताउनुहुन्छ । सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै म’रेका भए पनि चोरी शिकारीबाट कम मरेका छन् ।

पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिदैं छ ।

प्रतिक्रिया