सालको पातका सर्जक नवराज पन्तको सिर्जनामा ‘शितलु’ गीत सार्वजनिक

पिएनपि खबर

काठमाडौं, २ साउन : शितल शर्माको नयाँ तीज गीत शितलु सार्वजनिक भएको छ ।
गीतमा शितल शर्मा र प्रकाश पराजुलीको स्वर रहेको छ । गीतको शब्द शृजना चर्चित शर्जक नवराज पन्तले गरेका छन भने संगीत प्रकाश पराजुलीकै रहेको छ। नवराज पन्तले सालको पात जस्ता चर्चित गीतसमेत सिर्जना गरिसकेका छन् ।



सम हिमालिले निर्देशन गरेको गीतको म्युजिक भिडियो लाई करन चैसिर ले खिचेका छ्न भने मनोज कार्कीले सम्पादन गरेका छ्न ।
भिडीयोमा गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकिश पराजुली,रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारलाई फिचर्ड गरिएको छ ।

प्रतिक्रिया