काभ्रेको डाँडापारीबाट गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्दार

admin

काभ्रे : काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उ’द्दार गरिएको छ ।

वडा नम्बर २ की १९ बर्षीय सुनिता थोकरलाई आज हेलिकोप्टर मार्फत उद्दार गरिएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

अध्यक्ष जिम्बाका अनुसार उद्दार गरिएकी थोकरलाई प्रसुती गृह अस्पताल, थापाथली भर्ना गरिएको छ ।

गर्भवती महिलामा उच्च रक्तचापसँगै स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि हेलिकप्टरको ब्यवस्था गर्न पालिकाले जिल्ला प्रशासन कार्यालयलाई हिजो पत्र लेखेको थियो ।

प्रतिक्रिया