“कोरोना महामारी हैन षड्यन्त्रको महाआतङ्क हो” (विचार)

admin

 

कर्णबहादुर शाही, प्रिन्सिपल, पाणिनी स्कूल
डा. पूर्ण शाही, प्राकृतिक चिकित्सक

सबै कोरोनाको खेल पूर्व योजना अन्तर्गत नै

सुरुवातमा चीनको वुहान मार्केटको डरलाग्दो भिडियो भाइरल गराइयो । सुन्दरीहरुले चमेरोको सुप खाइरहेको, कसैले साँपको सुप खाइरहेको भिडियो, फेरि कोइ जिउँदै कुकुर झिरमा घोचेर पोलेर खाइरहेका यस्तै डरलाग्दा भिडियो भाइरल बनाइयो ।

क्रमवद्धः १६ जनवरी, २०२० मा चिनले ९ लाख हजार सुंगुर जलाएको भिडियो, कैयौ जनावर जिउँदै गाडेकोे, वुहानमा सबै उद्योेग कलकारखाना बन्द गरिइएको, हरियो तरकारी खेती लगाइएको, मानिसहरू मरेका, थर्मल स्केनिंग गरेका, डरलाग्दो पिपिई ड्रेसमा सजिएका, मास्क लगाएका नर्स, लासका चांगहरु देखाइएको, भागदौड रुवाबासी गएिको, बुहान लकडाउनमा रहेको, त्यसपछि अरु ठाउँमा लकडाउन भएको सामाग्री सहितका भिडियो भाइरल बनाइयो । वास्तवमा, चीन (मात्र वुहानको दुई शहर वाहेक) र चीनद्धारा स्वशासित हङकङ, ताइवानमा न त लकडाउननै गरियो न खासै प्रभाव छ ।

चीनले एक हप्ता वुहानमा मात्र लकडाउन गर्यो। लकडाउन नगर्दा सबै सखाप हुने भए चीनको १४४ करोड जनसंख्यामा कल्पनै गर्न नसकिने मानिसहरुको मृत्यु हुन्थ्यो होला । सात समुन्द्र पारी रकेट लन्चरमा उडेर ईटालीमा मान्छे मार्ने कोरोनाले चीनमा त १४४ करोडमा लकडाउन नै नगर्दा त केही नभए पनि ५० करोड मार्नुपर्नेमा ४६ सय मात्र मरेका छन् । यसले के संकेत गर्छ ? जबकि चीनमा दैनिक २७ हजार मानिसहरूको मृत्यु हुन्छ । एक महिनामा ८ लाख र यो (कोरोना अवधि) ६ महिनामा करिब ५० लाख मानिसहरूको मृत्यु भइसकेको छ । यसैले पनि कोरोना प्रपञ्च प्रमाणित गर्दछ ।

लगत्तै जनवरीमा भारतर त्यसपछि नेपाल लगायतमा थर्मल गनबाट एरपोर्टमा ज्वरो चेकजाँच गर्न शुरु गरियो । जबकि ८०% मा कुनै लक्षणनै देखा पर्दैन, १०% माइल्ड लक्षण, ५% मा मात्र ज्वरो खोकि गला खराब देखिन्छ ।त्यस पश्चात त अरुदेशमापनि कोरोनाको डरको खेल शुरु भयो।यसलाई अझ बुझ्न विगतमा भएका इबोला, जिका, मार्स र स्वाइनफ्लूमा यस्ता ट्रेलर देखाउने गरेको हामी सबैले सम्झदा डरलाई मन–मस्तिष्क जडा गाड्ने खेलका बारेमा प्रष्ट भइन्छ । यसै बिचमा इरान, जर्मन, अमेरिका पुगेपछि पिपिई र भेन्टिलेटरहरुको हाहाकार देखाएर अस्पतालमा नर्स रोइरहेको भिडियो सम्म सार्वजनिक गरिएका थिए ।

यसलाई बुझ्न श्रृंखलावद्ध गरिएका/देखिएका घटनाक्रमलाई नियाल्नु पर्ने हुन्छ:

⇾ मे ८, २०२० मा नयाँ खबर आयो यौन सम्पर्कबाट पनि सर्ने भनेर । एड्समा गरे झैं । तर पछि गएर पुष्टि हुने त कुरै भएन ।

⇾ २०१२–२०१६ सम्म डव्लूएचओको चिफ आफ्नो देशको मन्त्री हुँदा चीनले ९० हजार करोड लगानी गरेकोले चीनसंग पहिले देखि नै घनिष्टता रहेको पुष्टि हुन्छ।

⇾महामारी त आएपछि थाहा हुने हो तर यहाँ त बर्षौ अगाडीबाट यसको तयारी भैसकेको जग जाहेर छ।

⇾ १८ अक्टोबर, २०१९ मा बिल गेट्सले अबको युद्ध भनेको हथियारको नभएर भाइरसको हुनेछ त्यसमा पनि कोरोना भाइरसको फिगर समेत देखाएको भिडियो सार्वजनिक भैसकेको छ । पहिले देखिनै एक–एक डाटा एवं भिडियो सबै तमतयार रहेछन् ।

चीनमा शुरु हुनु अगावै बिभिन्न ठाउँमा यस्को बारेमा मिटिंग छलफल योजनाका भिडियो सबै सार्वजनिक भइसकेका छन् । त्यसैले यो महामारी नभइकन महाआतंक हो । जुन देशमा लकडाउन गरेनन् त्यहाँ लाशका ढेर हुनुपर्ने र देशनै सखाप हुने पर्नेमा झन् मृतक एवं सङ्र्कमित संख्या नै नगन्य छन्। जहाँ लकडाउन गरेको छन् त्यस देशमा मानिसहरूको मृत्यु धेरै नै देखाइएको छ।

⇾डव्लूएचओले विश्वको कुनैपनि मेडिकल डाक्टर एवं विज्ञहरुसंग वृहत रुपमा छलफल/सम्पर्क/परामर्श नै नगरिकन आफ्नो कोर ग्रुपसँग मात्र मिलेर पुर्व तयारीका साथ यस्तो डरलाग्दो निर्णय गरेका हुन् ।

⇾अधिकांश लोकतान्त्रिक व्यवस्था भएका देशमा पार्टीहरुलाई आर्थिक लगानी विग फर्मा कम्पनीहरुले नै गर्दछन् । अमेरिका समेतलाई फर्मा कम्पनीले नै फन्डिंग गर्छन् ।

⇾ डाक्टरहरुको मूल पेशा विरामीको उपचार भन्दा फर्मा कम्पनीको एजेन्टका रुपमा आफुलाई स्थापित गरेकाले पनि जनमानसमा धेरैनै भ्रमको खेति गर्नमा मलजल गरेको छ ।

सिद्धान्ततः डव्लूएचओको चार्टर अनुसार स्वास्थ्य भनेको आफु सुखी हुनका लागि चाहिने सबै थोक हुनु हो । साथै शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक रुपले पूर्ण तन्दुरुस्त हुने गतिशील अवस्था हो र रोग वा अशक्तताको अभाव मात्र स्वास्थ्य होइन । बुँदागत रुपमा प्रस्तुत गरिन्छ ।

➤ निरोगी हुनु हो ।

➤ स्वस्थ र राम्रो खानपिन हुनु हो ।

➤ खुशिहाल परिवार र राम्रा साथीहरू हुनु हो ।

➤ राम्रोसँग सचेत हुनु हो ।

➤ माया र सद्भावमा रहनु हो ।

➤ सुरक्षित बासस्थान हुनु हो ।

➤ ज्ञान र सम्बृद्धिको साथ हुनु हो ।

➤ मानिसको जिवन एक गतिशिल प्रक्रिया भएकाले फरक–फरक मानिसका लागि यो फरक हुन सक्छ ।

➤एकै व्यक्तिको लागि पनि समय अनुसार फरक हुन सक्छ ।

➤ रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरुस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । (डव्लूएचओ, १९४६)

स्वस्थ खाना, शुद्ध हावा पानी, प्रकृतिसंग नजिक हुने, सूर्य किरणसंग प्रत्यक्ष सम्पर्कमा रहने, आफ्नो घनिष्टतासंग नजदिकी, माया स्नेह भावनाहरुको आदानप्रदान, हाँसो खुसी रमाइलो यि सबैले हामीलाई विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्य परिभाषामा पर्दछ तर स्वयं विश्व स्वास्थ्य संगठनले नै स्वास्थ्यको परिभाषाको ठिक बिपरित हामिलाई अस्वस्थ हुने मात्र कुराहरु जबरजस्ती लादि रहेको छ जुन प्राकृतिक वातावरणबाट टाढा बनाउँदै घरभित्र कैदि जीवन बिताउनु पर्ने, मास्क लगायर अशुद्ध हावा ग्रहण गर्नु पर्ने, आफ्नो समाजबाट टाढा रहनुपर्ने समाजको सद्भाव पूर्णरुपले ध्वस्त गर्दै घृणा अविस्वास सृजना गराउने, समाजबाट अलग्याउने, लगातार डरत्रासमा बाच्नु पर्ने, शरिरलाई औषधि र भ्याक्सिनेसनको नाममा विकार एवं बिषहरुले भर्दै मृत्युको मुखतिर धकेल्ने भएको छ ।

यस्तो पवित्र उद्देश्य बोकेको संस्था डव्लूएचओ आज केहि फर्मास्युटिकल कम्पनिहरु एवं राजनितिक नेतृत्व र मुलधारका सञ्चार माध्यमको मिलोमतोमा विश्वलाईनै आफ्नो कव्जामा राखि यति ठूलो जघन्य अपराध गर्दैछ ।

डव्लूएचओ विश्वकै सबैभन्दा ठूलो आतंकबादि संगठन प्रमाणित भएको छ:

1. सर्वप्रथमतः ड्व्लुएचओले लकडाउन गर्नु अघि कोरोनाको नाममा आतंक मच्चाएर विश्वमा •४ करोड मानिस मर्ने घोषणा गर्यो तर कालान्तरमा मिथ्या प्रमाणित भयो ।

2. भारतमा मात्र लकडाउन नगरेको खण्डमा ६० लाखको मृत्यु हुने र लकडाउन गरेपछि २३ लाखको मृत्यु हुने भनेकोमा २३ लाख नभइकन २३ हजारको मृत्यु हुँदा वास्तवमा, जेबाट मरे पनि कोरोनाबाट मरेको लेख्नुपर्ने कडा निर्देशनका कारण हो भन्ने प्रमाणित भइसकेको छ । जबकि भारतमा प्रतिदिन २५००० मानिसहरूको मृत्यु हुन्छ, लकडाउको ४ महिना अवधिमा खरबौं डलरको नोक्सानी पनि भैसकेको अवस्था छ । भारतमा एउटा नयाँ टेस्ट किट तयार गरिएको छ जसले टेस्ट गर्दा कोरोना पोजेटिभ आएपछि ठीक छ यदि नेगेटिभ आए फेरि पिसिआर टेस्ट गर्ने कडा निर्देशन समेत दिएको अवस्था छ । मृत्यु जुनसुकै रोगबाट भएता पनि कोरोना पोजेटिभ देखाउनु पर्ने अनिवार्यता छ ।

3.बेलायतमा ५ लाख भनेकोमा ४५ हजार त्यो पनि अन्य रोगबाट मरेकालाई मिलाएर ।

4.जापानलाई लकडाउन नगरे देश नै सखाप हुन्छ भनेको तर हजार जनामा सिमित हुनु भनेको के हो ? जबकि जापानको १२ करोड जनसंख्यामा आधा सखाप हुँदा पनि ६ करोड सखाप हुनुपर्ने । तर यर्थातमा हजार जना पनि अहिलेसम्म पुगेको छैन । साथै जापानले स्कुल, कलेज, कलकारखाना, उद्योगधन्दा, व्यापार–व्यवसाय कहिले पनि बन्द गरेको छैन र, हालमा आएर सम्पूर्ण रुपमा सामान्य जिवनमा फर्केको छ ।

5.नेपाललाइ ग्रिन जोनबाट तुरुन्त रेड जोन गर्दाको दिनमा नेपालमा संक्रमण/मृत्यु संख्यामा तात्विक भिन्नता नहुँदा पनि रातारात गर्नुले षड्यन्त्र पुष्टि हुन्छ ।

6.कोरोनाको लागि प्रयोग गरिएका औषधिहरुले मानिसहरूको मृत्यु हुन्छ भनेर थाहा हुँदा हुदै जबरजस्ती औषधि प्रयोग गरेर धेरै मानिसहरूको ज्यान लिएको र अहिले आएर अपराध स्विकार गर्दै औषधि बन्द गरेका छन् ।

7.भेन्टिलेटरलाई कोभिड–१९ संग लड्ने महत्वपूर्ण औजार भनियो र व्यापक प्रयोगमा ल्याइयो तर भेन्टिलेटरकैे कारणले त झनै मृत्यु बढाएको प्रमाणित भएको छ ।

8.मास्क लगाउदा भाइरस संक्रमण बढ्ने, कोरोना लक्षण जस्तै देखा पर्ने, शरिरलाई अक्सिजन कमि गराउँदै मृत्युको मुखतिर धकेल्ने भएकोले जबरजस्ती मास्क लगाउन लगाएको सबै कुरा भन्डाफोर भएपछि डब्लुएचओ र डा. फौसीले माफी मागेका छन् ।

9.RDT / PCR Test किट अनुसन्धान प्रयोजनको लागि मात्र भएको आविष्कारक र किट उत्पादकको स्पष्ट हुँदाहुदै यो किटले टेस्ट गर्दा ४०% सम्म गलत रिपोर्ट आउँछ । तसर्थ यो किटले टेस्ट गर्नु नै स्वयं एक अपराध हो । त्यसका वावजुद् यसको परिक्षणको दायरा बढाउने खेल टुप्पी कसेर लागेकै छन् ।

10.सेनिटाइजरले हाथमा भएको हाम्रो डिफेन्स सेललाई मार्ने र भाइरस आक्रमण बढाउनुको साथै डरत्रास बनाई राख्दा इम्यूनिटी घटाएर मृत्युको मुखमा धकेल्छ ।

11.मोबाइल रिंगटोनको एउटै मात्र प्रयोजन जसले हामिलाई कोरोना प्रति एलर्ट गराएर डरत्रासले मनमस्तिकमा जडा गाड्ने र इम्यूनिटी घटाएर मृत्युको मुखतिर धकेल्ने बाहेक अरु केहि पनि फाइदा छैन ।

12.पिपिई ड्रेस, ग्लोव्स र मास्कको प्रयोगले सबैलाई त्रसित एवं स्वास्थ्यलाई धेरै ठुलो क्षति गर्ने भएकाले, अहिलेसम्म डाक्टर नर्सहरुलाई नै कोरोनाको सङ्र्कमण बढि देखिनु र मृत्यु बढि हुनुको प्रमुख कारण यहि नै हो ।

13.लकडाउनले सम्पूर्ण मानवको बाच्ने अधिकार बन्चित गराएर आर्थिक, भौतिक, सामाजिक, मानसिक, शारीरिक र भावानात्मक रूपमा सखाप गर्ने र सम्पूर्ण विश्वलाई कब्जामा राखेर डव्लूएचओको आफ्नो षड्यन्त्रलाई सफल गर्ने बाहेक अरु कुनै प्रयोजन नरहेको सिद्ध भइसकेको छ ।

14.यो कोेरोना षड्यन्त्रमा चीन र अमेरिकाको प्रत्यक्ष संलग्नता रहेको र सम्पूर्ण विश्वको अर्थतन्त्र तहस नहस भइरहेको तर अमेरिका र चिनले मेडिकल इक्विपमेन्ट मेडिसिन लगायतको बिक्री वितरणबाट खर्बौं डलर कमाई गरिसकेका छन् र त्यो प्रक्रिया अनवरत चलेकै छ।

15.कोरोना कुनै नयाँ भाइरस नभएर मात्र रुघाखोकीको भाइरस हो जस्को मृत्यु दर सबै भन्दा कम ०.१% र संक्रमण दर १ देखि २ जनालाई सार्न सक्छ । यो भन्दा धेरैनै मृत्यु दर/संक्रमण दर भएका अन्य सरुवारोगहरुको लागि यो संसारमा आजसम्म यस्ता अमानवीय आतंककारी क्रियाकलाप त कहिले पनि भएको छैन। किन मात्र कोरोनाको नियोजित षडयन्त्र ?

16.ईटालीको पार्लियामेन्टमा बिल गेट्सलाई कानुनी उपचारका लागि पक्राउ गर्नुपर्ने माग सहितको आवाज उठेको भिडियो सार्वजनिक भइसकेको छ ।

17.विश्व बिख्यात डा. विश्वरुप रोय चौधरीले कोरोना यो सहस्राब्दीकै सबैभन्दा ठूलो घोटाला भनेर सप्रमाण एप्रिल ७, २०२० मा अनुसन्धनात्मक पुस्तकनै प्रकाशन गरिसकेका छन् ।

18.यसरी मानिसलाई आतंकित गर्दै जबरजस्ती केही नभएकोलाई रोग लाग्यो भन्दै जबरजस्ती उपचारको नाममा मान्छे मार्ने र धन सम्पत्ति पनि सिध्याउने ज्यान पनि लिने धन्दाबाट कसरी मुक्त हुने भन्ने गम्भिर प्रश्न हाम्रो सामु छ ?

19.हामीहरु स्वतन्त्र सार्वभौम मुलुकका नागरिक हौं भनेर कुर्लिने तर देश त डब्लूएचओको कोलोनी पो रहेछ । डब्लूएचओको आदेशमा नेपाली नागरिकलाई मार भने मार्ने, थुन भन्दा थुन्ने देशमा प्रवेश गर्न बन्देज गर्ने ?

20.औषधि र भ्याक्सिन प्रयोग गराएर स्वयं देशका नागरिक मार्ने काम सरकार चलाउनेहरुले गर्दैछन भने कसरी यो हाम्रो सरकार भयो त ?

21.विभिन्न किसिमका प्रोटोकलका नाममा लकडाउन जस्ता जघन्य आपराधिक राज्यआतंक गर्न उत्प्रेरित गर्दै सन्त्रास फैलाइयो । डरको व्यापार गरी भ्याक्सीन र टेस्ट किट लगायत अन्य एलोपेथिक औषधि र सामग्री जबर्जस्ती ढंगले लागू गराइएको छ । यसले नै डब्लूएचओको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको हो ।

22.कंगोका विश्व विख्यात गाइनेकोलोजिस्ट, सामाजिक अभियन्ता, नोवेल शान्ति पुरस्कार विजेता डा. डेनिस मकवेगे कोभिड–१९ को जिम्मेवारीबाट राजिनामा गर्नुभएको छ । कोरोनाको नाममा विश्व आतंक मच्चाएर मानिसहरूको ज्यान पनि लिने धन पनि लुट्ने आतंकबादि क्रियाकलाप देखेर आफू यस्तो अपराधीक क्रियाकलापमा नफस्ने भन्दै आफ्नो पदबाट राजिनामा दिएका छन् ।

23.एचआइभि एड्समा पनि कोरोनाको जस्तै आतंक मच्चाएर ४ करोड मानिसहरूको ज्यान लगिसके तर एचआइभिबाट न एड्स हुन्छ न त ति मृत्यु भएको चार करोड मानिसहरूमा एचआइभिको भाइरस भेटाइएकोछ । तर यसको नाममा औषधि व्यापार अनवरत रुपमा चलेकै छ ।

24.ब्राजिलको राष्ट्रपतिलाई धेरै धम्कि दिँदा पनि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनाराले डब्लुएचओलाइ नै देशबाट निकाल्ने चेतावनी दिँदै लकडाउन, टेस्ट किट, मास्क सेनिटाइजर माथि नै बन्देज लगाएका थिए ।

25.बुरुण्डीले त डब्लुएचओ भनेको लुटेराहरुको संगठन हो भनेर सम्पूर्ण कोरोनाको प्रयोगलाई लात मार्दै डब्लुएचओका प्रतिनिधि समेतलाई देशबाटै लखाटिसके भने अहिलेसम्म बुरुण्डीमा जम्मा १ जनाको मात्र मृत्यु भएको छ ।

26.तान्जानियाका राष्ट्रपति जोन मागुफुलीेले हालसालै डब्लूएचओ भनेको सबैभन्दा ठूलो जालसाजी गर्ने संस्था हो भन्ने गम्भीर आरोप लगाएका छन् । कारण, कोरोनाका नाममा तर्साएपछि काँक्रा, लौका, घोडा, खर्बुजामा कोरोना टेस्ट गर्न लगाएर पोजिटिभ आएपछि डब्लूएचओको आदेश लत्याएर आफ्नै मौलिक तरिकाले कोरोनालाई तान्जानियाले सजिलै सिध्यायो । हालसम्म ६ करोड जनसंख्या भएको टान्जानियामा जम्मा २१ जनाको मात्र मृत्यु भएको छ ।

27.विश्व विख्यात अमेरिकाका बैज्ञानिक डां शिवा अय्यादुरईले विश्व मानव विनास गर्ने अपराधिक क्रियाकलापमा संलग्न डब्लुएचओ, बिल गेट्स, लगायत ईलाइट गुरुपको नाममा केही महिना अगाडि अदालतमा मुद्दा हालेका छन् ।

28विश्व विख्यात वातावरण बैज्ञानिक डां बन्दना शिवाले बिल गेट्स भनेको प्रकृतिलाई बिनास गरिरहेको सबै भन्दा ठूलो अपराधीको सप्रमाण आरोप लगाउँदै अन्तरवार्ता दिएकी छिन् ।

29.अमेरिकन राजनितिज्ञ/परामर्शदाता/पहलकर्ता/लेखक, रोजर स्टोनका अनुसार बिल गेट्सले क–कसले कोरोना टेस्ट ग¥यो वा गरेन भनेर थाहा पाउन मानिसहरूमा माइक्रोचिप्स फिट गर्ने योजना हुन सक्ने आरोप लगाएको कुरा उल्लेख गरिएको छ । यो भाइरसको उत्पादन र सार्ने काममा समेत बिल गेट्सको हात त छ भनेर समेत गम्भीर प्रश्न खडा गरेका छन । बिल गेट्स र अन्य ग्लोबलिस्टहरुले भ्याक्सिनेसन् र माइक्रोचिप्सको प्रयोगलाई अनिवार्य गरिएको छ छैन टेस्ट गरेपछि थाहा हुने भन्दै धेरै ठूलो हलचल मच्चिएको छ । जबकि बिल गेट्सले खुल्लमखुल्ला विश्व स्वास्थ्य बिपत्तिको पक्षमा वकालत गर्दै कोरोना षड्यन्त्रको सन्दर्भमा झनै प्रष्टिइएको छ । त्यसैले डब्लुएचओ पछाडि बिल गेट्स एक आतंकबादि भएको पुष्टि हुन्छ ।

डव्लूएचओका कारण मानव जीवन लिला समाप्त पार्ने खेल भएकाले यो संस्था सबैभन्दा खतरनाक र आतंकबादि संगठन हो र फर्मास्यटिकल कम्पनि मार्फत भ्याक्सिन औषध उपकरण व्यपारिक साँठगाँठ गर्ने बिल गेट्स सबैभन्दा ठूलो आतंकबादि प्रमाणित भएको छ ।

यि यावत कारणले डब्लुएचओ विश्वको सबैभन्दा ठूलो झुठको सहारा लिएर आतंक सिर्जना गर्दै जबरजस्ती उपचारको नाममा लुट मच्चाउने आतंकबादि संगठन भएको पुष्टि हुन्छ र कोरोना कुनै महामारी नभएर महाआतंक भएको छ ।

अमेरिकाजस्तो कानुनी राज्यको प्रत्याभुत भएको जहाँ चिकित्सक र अस्पतालले सामान्य गल्ति गर्दा पनि कडा कार्वाही हुने ठाउँमा प्रतिवर्ष हस्पिटल र मेडिकल त्रुटीका कारणले मात्र २ लाखदेखि ४ लाख ४० हजार मानिसहरूको ज्यान जाने गर्दछ । यसैले गर्दा पनि अमेरिकाका कानुनबिदहरुले यो मोर्डन मेडिकल साइन्स माथिको विश्वासनियता माथिनै ठूलो प्रश्न खडा गर्दै अझ कडा कानूनी व्यवस्था गर्न संसदमा दवाव दिइरहेको छन् ।

अतः वैकल्पिक उपचार पद्धति जसले रोगको रोकथाम नभइकन रोगलाई निदान गर्न सक्ने पद्धति अवलम्वन गर्नुपर्ने आजको आवश्यकता हो ।

➤ प्रत्येक घरमा हाम्रो आमा नै डाक्टर हुन्छिन् जसले हामिलाई सदैव बिरामी हुनबाट बचाएर कहिले कुनै औषधि बिना सिकिस्त रोगलाई ठिक गर्ने अदम्य शक्ति भएको आफ्नै भान्सामा प्रयोग हुने सामान्य मसालाले ठिक गरेकी हुन्छिन् । यसका साथै आफ्नै घर वरपरका झारपातले पनि ठिक गराइन्थ्यो । त्यसैले, पुनः हामिले आफ्नो सर्वसुलभ मौलिक उपचार पद्धतिहरुलाई पुनर्स्थापित गर्नको बिकल्प छैन।

➤ मडागास्करका रास्ट्रपतिले डब्लुएचओले लकडाउन गर्न दिएको घुस २० मिलियन डलरलाई लात मार्दै सम्पूर्ण मेडिकल इक्विपमेन्ट टेस्ट किट औषधिहरुलाई नै हटाएर हाम्रो आयुर्वेद जस्तै आफ्नो मौलिक उपचार पद्धति प्रयोगमा ल्याएर कोरोना माथि सजिलै नियन्त्रण गरिसकेको र आफ्नो वरिपरिको छिमेकी मुलुकलाई समेत यही औषधि वितरण गरेर सबैलाई सुरक्षित बनाउन सफल छ भने अहिले सम्म ६ करोड जनसंख्या भएको तान्जानियामा जम्मा २१ जनाको मात्र मृत्यु भएको छ ।

➤ भियतनामले डब्लुएचओले सिफारिस गरेका औषधि अस्वीकार गर्दै आफ्नै मौलिक परम्परागत उपचार र डा विश्वरुपको पद्धति अपनाउदा १० करोड जनसंख्या भएको भेतनाममा मृत्यु संख्या अहिलेसम्म जिरो छ ।

त्यसैले संसारमा हजारौं उपचार पद्धतिहरु छन्, कुन पद्धति प्रभावकारी हुन्छ र अवलम्वन के गर्ने?

➨आयुर्वेद, 

➨ योग थेरापी, 

➨ हास्य योग, 

➨ प्राकृतिक चिकित्सा, 

➨ युनानी चिकित्सा, 

➨ रेकि, किगोंग, 

➨ हिप्नोसिस, 

➨ नृत्य/म्युजिक थेरापी, 

➨ इलेक्ट्रोम्याग्नेटिक थेरापी, 

➨ हर्वल मेडिसिन, 

➨ मसाज थेरापी, 

➨ ऊर्जा थेरापी, 

➨हाइड्रो थेरापी ।

प्रत्येक राष्ट्रमा कैयौं आ–आफ्ना परम्परागत उपचार पद्धतिहरु छन जसले जिर्णरोगलाई सजिलै ठिक गरिरहेको सबैलाई थाहा भएकै विषय हो । हाम्रो नेपाल, भारत र तिब्बतमा त कैंयौं यस्ता उपचार पद्धतिहरु छन् । गाउँ गाउँमा एक से एक बैद्यहरु हुने गर्थे र सम्पूर्ण बिरामीहरुलाई सजिलै निको पार्थे । तर मोर्डन मेडिकल साइन्सको नाममा सबैलाई विभिन्न जालझेल र अपराधिक क्रियाकलाप गर्दै यस्ता रोगवाट सजिलै पार पाउने प्रणालिलाई बिस्थापित गर्दै यस्तो मानव बिनासकारी एलोपेथिक सिस्टमको एकल साम्राज्य खडा गरिरहेको छ।

नेपालको सन्दर्भमा, एकातिर ३० अरब भन्दा बढी कोरोनाको नाममा लुटेर स्वाहा गरिसकेको अवस्था छ । लकडाउन शुरु भएको पहिलो हप्तामै करिव १० अर्बको भष्टचारका बारेमा सञ्चार माध्यम/संसद लगाएतको फोरममा गर्मागरम बहस भएकै हो ।

अर्कोतिर, यो ३ महिनामा सम्पूर्ण पेशा/ब्यवसाय बन्द गराएर खर्बौं नोक्सानी गराइसकेर करिब २ हजार भन्दा बढी मानीसहरुको आत्महत्याद्वारा ज्यान गैसकेको अवस्था छ । यस्तै स्थिति जारी राखेमा अर्को एक–दुइ महिनामा हामिहरु धेरैले यसैगरी मृत्यु बरण गर्नुपर्ने हुनसक्छ ।

नेपालमा कोरोना ष’डयन्त्र र डब्लुएचओ जस्तो आ’तंक’बा’दि संगठनको प्रमुख एजेन्टको रुपमा काम गर्दै यस्तो कोरोनाको महाआतंकारी ष’ड्यन्त्रलाई लागु गराएर नेपाल र नेपालीहरुको धनजन स्वाहा गर्ने जस्तो महाअपराधिक क्रियाकलापका प्रमुख पात्रको भुमिकामा पूर्व स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका, आफ्नो डाक्टरी पेशालाई छोडेर सामाजिक अभियान्ता भएका, नेपालमा मेडिकल सामाग्री ल्याउँदा प्राविधिक रुपमा अनुमोदन गर्ने डाक्टर र नेपाल सरकार सन्चालक देखिएका छन् ।

कोरानोको ष’ड्यन्त्र नेपालमा लागु गर्दै सम्पूर्ण नेपालीहरुलाई बाच्ने अधिकारबाट बाञ्चित गराई निरीह बनाएर देशको सम्पति एवं विदेशी ऋणमा बह्मलुट गर्नका लागि सबै दलहरुको र प्राय सबै नागरिक अभियान्ताहरुको पनि सहमति रहेको छ ।

१ रुपैयाँ खर्च गर्नु नपर्ने र १ जनाको पनी मृत्यु नहुने रोगको नाममा जबरजस्ती मार्ने र लुट्ने खेललाई ठिक हो भनेर हामी २ जनाले आफूलाई आतंकबादिहरुको समर्थन जनाउनु भन्दा आ’तंक’बाद र आ’तंकबा’दि बि’रुद्ध मानव कल्याणको कित्तामा उभिएर जन चेतना जगाउन स्वधर्म सम्झेर पालना गर्दैछौं । यसक्रममा, हाम्रा शुभचिन्तकहरु र शुरुदेखि यस ष’ड्यन्त्रका वि’रुद्ध लागेका अभियान्ताहरुसँग जोडिएर सहकार्यलाई थप उचाईमा पुर्याइएको छ।

प्रतिक्रिया