सीमा पोष्टमाथि फेरि भारतीय समूहको आ’क्रमण, दुई प्र’हरी घा’इते

राष्ट्रिय समाचार समिति

दमक, ४ साउन : झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका– ५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्र’हरीको पोष्टमाथि भारतीय अ’ज्ञात समूहले आ’क्रमण गर्दा दुई प्र’हरी जवान घा’इते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्र’हरी पोष्टमाथि शनिबार राति ९ः१५ मिनेट समयमा करिब ४० र ५० जनाको सङ्ख्यामा आएका घरेलु ह’तियारधा’रीको एक समूहले आ’क्रमण गर्दा दुई प्र’हरी जवान घा’इते भएका हुन् । घाइ’ते ती प्र’हरी जवानको शरीरमा चो’टप’टक लागेको बताइएको छ ।

डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३०० मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्र’हरी पोष्टमाथि एक्कासी आ’क्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्र’हरीले चार राउण्ड ह’वाई फा’यर गर्नुपरेको सीमा सशस्त्र प्रह’री ब’ल गौरीगङ्जका प्र’हरी निरीक्षक साइमण श्रेष्ठले बताउनुभयो । झ’डपमा आ’क्रमण’कारीले भा’ला, खु’कुरी, र’ड, दाउ’लगायतका घरेलु हा’तहति’यार प्रयोग गरेका थिए ।

ह’वाइफायरपछि आ’क्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेका प्र’हरीले जनाएको छ । भारतीय त’स्करले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्र’हरीमाथि आ’क्रमण गरेको हुनसक्ने प्र’हरीको अनुमान छ ।

लामो समयसम्म लकडाउनका कारण सीमाक्षेत्रमा सशस्त्र प्र’हरीले कडारूपमा गस्ती तीव्र बनाउँदै आएपछि तस्करीले नेपालतर्फ समान ढुवानी गर्न पाएका छैनन् । यसअघिसमेत झापा गाउँपालिकास्थित सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आ’क्रमण गरेको थियो ।

प्रतिक्रिया