ठोरीमा चलखेल हुनसक्ने भन्दै प्रधानमन्त्रीलाई हस्तलिखित ज्ञापन पत्र

admin

काठमाडौँ, ४ साउन : हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले नेपाली पहाडे कागजमा लेखेर प्रधानमन्त्रीलाई राम जन्मभूमिका बारेका अस्तित्वमा रहेका प्रमाण र सन्दर्भ सामग्रीहरु इण्डियन पक्षले नेपालबाट किन्न र नेपाली सम्बन्धित पक्षले बेच्न समेत सक्ने भएकोले तत्काल ठोरी, रामधुनी लगायतका क्षेत्र नेपाली सेनाको घेरामा राखी सुरक्षित गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।

आइतबार अभियानका संयोजक स्वागत नेपाल र केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईँ समेतको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुझाएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई तत्काल उक्त क्षेत्र नेपाली सेनाको घेरामा राखी सुरक्षित गर्नु पर्ने र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोलाई पत्राचार गर्नु पर्ने समेत माग गरिएको छ ।

त्यसैगरी ज्ञापन पत्रमा २०६१ सालदेखि मात्र सीतालाई विवाह गरी ईण्डियातर्फ लैजाने क्रम शुरु गराई साँस्कृतिक अतिक्रमण शुरु भएको भन्दै उक्त नाटकीय क्रम पनि रोक्न समेत माग गरिएको छ ।

प्रतिक्रिया