पहिरोले पुरिएर हजुरआमा र नातिनीको मृ’त्यु

राष्ट्रिय समाचार समिति

दमौली, साउन ६ : तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा सोमबार पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ।

स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै जना बे’पत्ता भएका थिए। वे’पत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा नि’धन भएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। तिलमायाको भने घ’टनास्थ’लमै श’व निकालिएको छ।

पहिराले पुरिएर तनहुँमा एकसाताको अवधिमा १३ जनाको मृ’त्यु भएको छ भने एक जना अझै बेप’त्ता छन्। व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृ’त्यु भएको थियो। व्यासका एक जना भने अझै वे’पत्ता रहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया