लिपुलेक जाने बाटो निर्माणको काम आधा सकियो

admin

काठमाडौं, साउन ६ : नेपाली सेनाले भारतले अ’तिक्र’मण गरेको नेपाली भूमि लिपुलेक जाने बाटो निर्माणको आधा काम सकेको जानकारी दिएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ट्वीटरमार्फत लिपुलेक जाने बाटो निर्माणको आधा काम सकिएको जानकारी गराएका हुन्।

लिपुलेक जाने ट्रयाक खोल्न सेनाको एक टुकडी केही समयदेखि सो स्थानमा कार्यरत रहेको छ। प्रवक्ता पौडलले सेनाका जवानले बाटो खन्दै गरेको तस्विर समेत सार्वजनिक गर्दै ट्रयाक निर्माणको अहिलेसम्मको प्रगतिको बारेमा जानकारी गराएका हुन्।

प्रवक्ता पौडेलका अनुसार घाँटीबगरदेखि छागंरुसम्मको ट्रयाक खोल्ने क्रममा २ सय ५० मीटर ट्रयाक खोलिसकिएको छ। प्रवक्ता पौडेलले स्थलगत तस्बिर र नक्सा सार्वजनिक गर्दै सो समाचार सेयर गर्न पाउँदा खुसी लागेको जनाएका छन। पौडेलका अनुसार सो सडकखण्डको पुरा ट्रयाक ४५० मीटर रहेको छ।

प्रतिक्रिया