थप १५० जनामा संक्रमण पुष्टि, ६९.३४ प्रतिशत निको

admin

काठमाडौं, ६ साउन : मंगलबार काठमाडौंका ८ सहित थप १५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९.३४ प्रतिशत निको भएका छन् ।

यस्तै हालसम्म ७ जिल्ला कोरोना संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । नेपालमा अहिले पाँच हजार ४ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै २१ हजार सात सय चार जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।

प्रतिक्रिया